दार्चुलामा प्रसव व्यथामा रहेकी गर्भवती महिलाको प्रहरीद्वारा उद्धार

cp new add
Nisharg hospital

दार्चुला । दार्चुलामा प्रसव व्यथामा रहेकी एक गर्भवती महिलाको प्रहरीले उद्धार गरेको छ।

Nast Ad

जिल्लाको लेकम गाउँपालिका–६ निवासी २४ वर्षीया गर्भवती महिला प्रसव व्यथाले छटपटाइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले ती महिलाको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा सुरक्षित रूपमा पुर्‍याएको जनाएको छ। समयमै उद्धार भएपछि गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...