बक्यौता महसुल तिर्न नेपाल टेलिकमको आग्रह, जरिवाना छुटको अवसर

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल टेलिकमले आफ्नो दूरसञ्चार सेवा प्रयोग गरी हालसम्म बक्यौता महसुल नतिरेका ग्राहकलाई जरिवाना छुटसहित रकम भुक्तानी गर्न आग्रह गरेको छ।

Nast Ad

टेलिकमले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८० र ८१ सम्मको बक्यौता रकम २०८२ साल पुस मसान्तसम्म बुझाएमा सेवा लिँदा लागेको जरिवाना छुट दिइनेछ।

यसका लागि सम्बन्धित ग्राहकले नजिकको नेपाल टेलिकम कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। तोकिएको अवधिभित्र पनि बक्यौता नतिरेमा ग्राहकको नाम, ठेगाना तथा ऋणको विवरण कम्पनीको वेबसाइट र पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गरी असुली प्रक्रिया अघि बढाइने नेपाल टेलिकमले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...