सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Nast Ad

योसँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ रहेको महाशाखाले जनाएको छ । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...