कञ्चनपुरको सीमामा ७८ ग्राम खैरो हिरोईनसहित तीन जना भारतीय पक्राउ

Seti
arth ok

६ साउन, धनगढी । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट प्रहरीले लागुऔषध खैरो हिराईनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Nisharg hospital

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआइटी र प्रहरी चौकी परासनको संयुक्त टोलीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर जिल्लाको पलिया बस्ने २८ वर्षीय सुमित गुप्ता, २४ वर्षीय लबी र २७ वर्षीय बबी महेन्द्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

HPV

उनीहरुको ७८.३७ ग्राम लागुऔषध खैरो हेरोईन र १५ हजार भारतीय रुपैयाँ बरामद गरिएको बताउदै शाहले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...