आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा निधन

cp new add
Nisharg hospital

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

Nast Ad

गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो ।

शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्‍याइएका मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज बिहान २:०५ बजे निधन भएको कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।

२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए । बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।

शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...