
बैतडी । सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् ।

सिगास गाउँपालिका–५ का दुई बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
आमा पार्वती धामीसँग लुगा धुन सेती नदी किनार गएको बेला नदीमा बगेर बेपत्ता भएका हुन्। स्थानीयबासी र प्रहरी टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

