बारम्बार विद्युत कटौतीले जनजीवन प्रभावित, समस्या समाधान गर्न उद्योग वाणिज्य संघको माग

cp new add
Nisharg hospital

टीकापुर । टीकापुर उद्योग वाणिज्य संघले पछिल्ला केही दिनदेखि भइरहेको बारम्बारको विद्युत अवरुद्धले जनजीवन, व्यापार तथा उद्योग क्षेत्र प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरण, टीकापुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ।

Nast Ad

अध्यक्ष सन्तोष खड्काद्वारा २०८३ असार ३० गते पठाइएको पत्रमा अनियमित विद्युत आपूर्तिका कारण विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै उद्योगी–व्यवसायीले आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गरिएको छ।

संघले सर्वसाधारण र व्यवसायीको सहजताका लागि समस्या तत्काल समाधान गरी नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...