सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने नेकपाकाे निर्णय, मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न सुझाव


धनगढी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेकाे छ ।

प्रदेश संसदीय दलका नेता खगराज भट्टकाे अध्यक्षतामा बिहीबार बसेकाे बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग संवाद गर्न निर्णय गरेकाे हाे ।
बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्मलमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुराेध समेत गरेकाे छ ।
यस्तै नेकपाले सरकारलाई तत्काल दीर्घकालीन महत्त्वका निर्णय नगर्न पनि अनुराेध गरेकाे छ ।
बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुराेध गर्ने निर्णय गरेकाे छ । सरकारले प्रदेश सभामा पेश गरेकाे अगामी आर्थिक वर्ष २०८३/८४ असार १ मा बजेटकाे विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बुधबार बर्खास्त गरेका थिए ।
मुख्यमन्त्रीले बर्खास्त गरेपछि बुधबार नै एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे थियोे ।
एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाहले नेकपालाई बजेटमा सघाउन अनुरोध गरेका थिए तर नेकपाले भने यथास्थितिमा बजेट पारित गर्न सघाउन नसकिने जनाएकाे थियोे ।
