कैलालीमा साढे ४ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ४ लाख ८६ हजार २५० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुर र कैलारी गाउँपालिका–५ बड्कीपलिया घाट क्षेत्रमा बुधबार बेवारिसे अवस्थामा रहेका सुटपिस, साडी, कोरा कपडा, कुर्ती, मेक्सीका कपडा, मोबाइल ग्लास लगायतका सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...