कैलालीमा एकैदिन खैरो हेरोइनसहित ७ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ११० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टीकापुर–३ कटानपुरका २६ वर्षीय उमेश चौधरी बुधबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–३ माछा मार्ग टोलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित सुरज चौधरीसहित पाँच जनालाई बुधबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारी चेकजाँच गर्दा उक्त पदार्थ बरामद भएको हो।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट १६६ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय ३५ वर्षीय राजेश राना बुधबार राति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...