तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन, कतिमा हँदैछ कारोवार ?

cp new add
Nisharg hospital

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ तोकेको छ ।

Nast Ad

अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २ सय रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँ थियो ।

यसैबीच आजदेखि सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रर्वधन शुल्क लाग्ने भएको छ । बिक्रीकर्ताले अन्तिम मूल्यमा सो शुल्क गणना गर्नेछन् । अर्कोतर्फ सुनका गहनामा लाग्ने गरेको २ प्रतिशत बिलासी शुल्क भने हटेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...