कारागारमा कैदीबन्दीको आन्दोलन, मट्टीतेल खन्याएर आत्मदाह प्रयास

cp new add
Nisharg hospital

सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

Nast Ad

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।

राजबिराज नगरपालिका (१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वरर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख घुस लिएको आरोप लगाएका छन् ।

घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध गरिएको छ । यता रकम उठाएको विषयमा विवाद चर्किएपपछि चौकीदार यादवको झुम्का कारागार सरूवा गर्ने तैयारी गरेपछि बी बल्का कैदीलाई कुटपिटमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति-सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोजेपछि कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको स्वीकारेका छन् । अहिले समझाइ बुझाइ गर्दा अवस्था समान्य बनेको उनले बताए । उनका अनुसार बी बल्कका चौकीदार राम रिझनले कैदी बन्दीहरूलाई समानुपातिक व्यवहार नगरेको आरोपमा झगडा भएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...