
धनगढी । धनगढीमा २७ लाख बढिका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ । उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले धनगढी उपमहानगरपालिका–४ मा गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरिएको जनाकारी दिए ।
उनकाअनुसार वडा प्रहरी कार्यालय धनगढी, शस्त्र प्रहरी बल नेपाल नं. ३४ गण धनगढी, नगर प्रहरी, धनगढी उपमहानगरपालिका र भन्सार कार्यालयले संयुक्त रुपमा गोदाममा छापा हानेको थियो ।
सो क्रममा प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा, गिलासलगायतका ५२८ बोरा र ४४ वटा कार्टुन सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकामा राखिएको छ ।

