निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई शव भेटिए

cp new add
Nisharg hospital

​दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुईजना पुरुषको शव फेला परेको छ। ​रजौरास्थित निर्माणाधीन भवनको पानी ट्याङ्कीमा दुई पुरुष मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Nast Ad

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेको छ। ​प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै हुन सकेको छैन। शवलाई ट्याङ्कीबाट निकालेर परीक्षण तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ।

​घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...