अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

cp new add
Nisharg hospital

काठमाडौं ।  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा अब राजनीतिक भागबन्डाका आधारमा होइन, मेरिटोक्रेसी  को आधारमा नियुक्ति हुने बताएका छन्।

Nast Ad

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले हालै भएका नियुक्तिहरू पनि खुला प्रतिस्पर्धा र योग्यता मूल्याङ्कनका आधारमा गरिएको दाबी गरे। उनले खुला प्रतिस्पर्धाबाट आएका नयाँ नेतृत्वले विश्वविद्यालयमा नयाँ ऊर्जा थपिएको बताए।

मन्त्री पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयमा रहेको राजनीतिकरण अन्त्य गरी योग्यता र क्षमतामा आधारित प्रणाली विकास गरिने बताए। उनले “सरुवा, बढुवा वा नियुक्तिमा कुनै पनि राजनीतिक दबाब स्वीकार नगरिने स्पष्ट पार्दै त्यस्तो दबाब आए शिक्षा मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। आफ्नो पार्टी वा अन्य कुनै राजनीतिक दलबाट दबाब आए पनि त्यसलाई अस्वीकार गरिने उनको भनाइ थियो”।

विश्वविद्यालयलाई स्वायत्त रूपमा काम गर्न आग्रह गर्दै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित वा गुमेको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई निर्देशन दिए। त्यस प्रक्रियामा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उच्च शिक्षाको पाँच वर्षे नीति, भिजन र मिसनबारे विश्वविद्यालय नेतृत्वसँग छलफल भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले नेपाली विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको लक्ष्य रहेको बताए।

उनले विदेशी विद्यार्थी आकर्षित गर्ने तथा ‘प्रोफेसर एक्सचेन्ज’ कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने योजनासमेत सार्वजनिक गरे।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...