
काठमाडौं । वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार ( साउन ७ ) दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीले जानकारी दिए । उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप भएको एसपी गिरीले बताए ।
केसीले विभिन्न सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध बोल्दै आएकी थिइन् । प्रहरीले भने जाहेरीकर्ताको नाम गोप्य राखेको छ ।

