
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टीले खाएको नभई योगदान दिएको बताए ।
‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ००७ सालमा को थियो ? ०३२ मा को थियो ? ४६ मा को थियो ? ०६२/६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?,’ ओलीले भने, ‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन् । खुब फोटो छापेको देख्छु तीनटाले खाए भनेर।’

