स्वकीय राख्ने सरकारको निर्णयको कुलमान घिसिङद्वारा विरोध

cp new add
Nisharg hospital

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संघीय सांसदलाई स्वकीय सचिव राख्ने सरकारको निर्णयको विरोध गरेका छन्।

Nast Ad

मंगलबार पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सांसदका लागि छुट्टै स्वकीय सुविधा आवश्यक नभएको बताएका हुन्। उनले सुशासन कायम गर्न सरकार गम्भीर भए सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुपर्ने सुझाव दिए। मन्त्रीलाई भने आवश्यकताअनुसार दुई वा तीन जना सहयोगी राख्न सकिने उनको भनाइ थियो।

‘सरकारले सुशासन कायम गर्ने हो भने सांसदले आफ्नै तलबबाट स्वकीय राखून्। सांसदका लागि छुट्टै सुविधा दिनु उपयुक्त हुँदैन। मन्त्रीलाई भने दुई–तीन जना सहयोगी राख्न सकिन्छ। हाम्रो पार्टी सबै सांसदलाई स्वकीय राख्ने सरकारको निर्णयको विपक्षमा छ,’ घिसिङले भने।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...