यात्रुवाहक फोर्स गाडी दुर्घटना, ४ जना घाइते

cp new add
Nisharg hospital

सुर्खेत । दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज बिहान ८ बजेतिर गाडी दुर्घटना भई सडकबाट ३०० मिटर तल खसेको हो । ६ जना सवार रहेकामा २ जना सकुशल रहेको र अन्य ४ जना घाइते भएका छन् ।

घाइते मध्य अछाम कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र महिला सुमन शाहीको पहिचान खुलेको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...