
प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १०:५० बजे सुरु भएको भेटवार्ता जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।
सैनिक अधिकारीहरूका अनुसार यो नियमित भेटवार्ता हो।
यसअघि साउन १४ गते सुनसरी र मधेश प्रदेशका केही क्षेत्रमा उत्पन्न सामुदायिक तनावको विषयलाई लिएर प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। उक्त बैठकमा तराई–मधेश क्षेत्रमा शान्ति सुरक्षा र सम्भावित अवस्था व्यवस्थापनबारे छलफल भएको थियो।

