press
po

सुदूरपश्चिममा एमाले संघमा १० र प्रदेशमा ३० सिट जित्छ : भट्ट

cp new add
Nisharg hospital
dhanga
Rubic

२३ कात्तिक, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा सुदूरपश्चिममा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन् ।

sanjiwan
Nisharg
Nav

बुुधबार धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले अगामी निर्वाचन वर्ग संघर्षको अर्को रुपमा लिएर चुनावमा होमिएको बताउदै सुदूरपश्चिममा बढि भन्दा बढि ठाउँमा जित्ने बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘हामीले पूरै जित्ने लक्ष्य राख्छौँ तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौँ भन्ने हाम्रो लक्ष्य छ,’ भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले नित्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुगाउने देखिन्छ । जनताको आकर्षण पनि एमालेतिर देखेको छु ।’

HAMRO DAIRY

सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ नेकपा एमालले एक्लै चुनावी मैदानमा उत्रिएका बेला सत्तारुढ गठबन्धनले चुनौती दिएको छ । प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोकेको राजधानीका संरचना निर्माणको काम पनि एमाले नेतृत्वकै बहुमतको सरकारले अघि बढाउने उनको भनाई थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...