धनुषाको मन्दिरमा एक पुरुष मृत फेला ,धार्मिक विवादसँग सम्बन्ध नरहेको प्रहरीको स्पष्टिकरण

cp new add
Nisharg hospital

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका- १२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेको घटना हाल जारी धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ । मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव मन्दिर परिसरमा फेला परेको थियो ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक कडेरी मन्दिरको पुजारी नभई बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति हुन् । घटनाको जानकारी पाउनासाथ कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर थप अनुसन्धान सुरू गरिसकेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट यो घटना विशुद्ध आपराधिक मनसाय भएका व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेका छन्।

प्रहरीले समाजमा शान्ति कायम राख्न सहयोग पुर्‍याउन सम्पूर्ण नागरिकमा अपिल गर्दै अपराधी जो -सुकै भए पनि छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...