कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु भएको छ ।

Nast Ad

गौरीगंगा नगरपालिका–४ स्थित द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा अध्ययनरत ७ वर्षीय आरभ बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले बालकको निसर्ग हस्पिटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार हस्पिटलले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बालकको मृत्यु भएको घोषणा गरेको हो ।

कैलाली–४ का प्रतिनिधिसभा सदस्य खेमप्रसाद कोइरालाले सञ्चालन गर्ने उक्त विद्यालयका कक्षा १ का विद्यार्थी आरभलाई मंगलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारु पक्राउ परेका छन् भने चालकसँग लाइसेन्ससमेत नभएको प्रहरीले जनाएको छ।

मृतकका बुवा दिलीप बोहराले विद्यालयको बिदा १२ बजे हुने भए पनि साढे ११ बजे नै छोरालाई बाहिर पठाइएको दाबी गरेका छन्। बर्खे बिदाका बेला पनि विद्यालय सञ्चालन गरिएको भन्दै परिवारले छानबिन र कारबाहीको माग गरेको छ।

विद्यालय प्रशासनले भने बालकलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै पठाइएको दाबी गर्दै लापरवाहीको आरोप अस्वीकार गरेको छ। प्रहरीले दुर्घटना र विद्यालयमाथिको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
Loading...