कैलालीमा होटल सञ्चालक कांग्रेस नेताको प्रष्टिकरण : आरोप तथ्यपरक छैनन्, ३८ वर्षदेखि बाख्रा हेरालु छु

cp new add
Nisharg hospital

धनगढी । कैलालीको बुढीतोलामा रहेको बाख्रा आनुवंशिक स्रोत केन्द्रमा पहुँचका भरमा लामो समयदेखि रजगज गर्दै आएको आरोप लागेका नेपाली कांग्रेसका स्थानीय नेता चक्र बहादुर खनालले मुख खोलेका छन् ।

Nast Ad

बुढीतोलामा होटल व्यवसाय समेत सञ्चालन गरिरहेका खनालले प्रेसपत्रमा प्रकाशित समाचारप्रती ध्यानार्षण भएको पत्र पठाउँदै आरोपहरु तथ्यपरक नभएको र विगत ३८ वर्षदेखि बाख्रा हेरालुको काम सक्रियतापूर्वक गर्दै आएको दाबी गरेका हुन् ।

खनालले विगत करिब ३८ वर्षदेखि तत्कालीन बाख्रा विकास फार्म हुँदै हालको बाख्रा आनुवंशिक स्रोत केन्द्रमा निरन्तर रूपमा बाख्रा हेरालोको रूपमा ज्यालादारी तथा सेवा करारमा कामकाज गर्दै आएको उल्लेख गरेका छन् ।
श्रम गरेर खान पाउने व्यक्तिको अधिकार अनुरूप नै आफ्नो परिवार विगत १५ वर्षदेखि सोही फार्ममा दैनिक ज्यालादारीमा कार्यरत रहेको र परिवारका अन्य सदस्यहरू (आमा, छोरा, बुहारी) ले घरको अन्य पेसा–व्यवसाय सञ्चालन गरिरहेको दाबी पनि गरेका छन् ।

तत्कालीन परिस्थिति, आवश्यकता र आफ्नै स्वेच्छाले बाल्यकालदेखि नै बाख्राको व्यवस्थापनमा लाग्दै आफ्नो सम्पूर्ण उर्वर युवा अवस्था बाख्रा फार्ममै बिताएको उनको भनाइ छ।

दिनरात, चाडपर्व, सार्वजनिक बिदा, हरिवर्तन, झरी तथा विद्युतीय लोडसेडिङको समेत पर्वाह नगरी २४ सै घण्टा बाख्राको बथानको निगरानीमा आफ्नो दिनचर्या बित्ने गरेको जिकिर गरेका छन् । सोही कारण कार्यालयबाट बेला–बखत उत्कृष्ट बाख्रा हेरालोको रूपमा सम्मान प्राप्त गर्न सफल पनि उनले खण्डन पत्रमा उल्लेख गरेका छन् ।

त्यसबार सत्यता बुझ्न फार्मलाई नजिकबाट चिन्ने व्यक्ति तथा स्थानीय समुदायसँग बुझ्न समेत अनुरोध गरिएको छ । आफूसँग नसोधेर फोटो प्रयोग गरिएकोमा पनि खनालले आपत्ती जनाएका छन् । तर उनी त्यो प्रकरणमा जोडिएका पात्र भएका कारण भिडियो रिर्पोटमा फोटो प्रयोग गरिएको प्रेसपत्रको खण्डन छ।

हालै प्रेसपत्र अनलाइनमा कैलालीमा सरकारी कार्यालयमा होटल सञ्चालक कांग्रेसी नेता, श्रीमती, भाइ र बुहारी लगायतका नातेदारलाई पहुँचका भरमा सित्तैमा जागिर, नेता र उनकी श्रीमती काम नगरि तलब बुझ्ने गरेको आरोप सम्बन्धी भिडियो रिर्पोट प्रकाशित भएको थियो ।

जसमा कार्यालयले ज्यालादारीमा राखिएका चार जना कर्मचारी निकालिएको र राजनीतिक पहुँचका आधारमा खनालसहितका स्थानीय तीन जनाका श्रीमानश्रीमतीलाई जागिरमा यथावथ राखिएको कुरा समोवेश गरिएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...