नक्कली सर्टिफिकेट बोकेका इञ्जिनियर

cp new add
Nisharg hospital

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर राकेशकुमार दासउपर मुद्दा दर्ता भएको छ । नक्कली सर्टिफिकेटको आधारमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

Nast Ad

आयोगका अनुसार दासले इन्जिनियर पदमा नियुक्ति लिँदाका बखत पेश गरेको भारतको बिहार विद्यालय परीक्षा बोर्डबाट जारी भनिएको ब्याचलर अफ इन्जिनियरिङको प्रमाणपत्र नक्कली पुष्टि भएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी ओहोदा, लाभ र सुविधा लिएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन अख्तियारको मागदाबी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...