रास्वपा धनगढी वडा नं. ६ को सभापतिमा रितिक शाही निर्विरोध निर्वाचित

cp new add
Nisharg hospital

धनगढी, — राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) धनगढी उपमहानगरपालिका वडा नं. ६ को वडा अधिवेशनबाट रितिक शाही सर्वसम्मत रूपमा वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

Nast Ad

शनिबार सम्पन्न वडा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शाहीको नेतृत्वमा वडामा संगठनलाई अझ सशक्त, सक्रिय र जनमुखी बनाउने विश्वास व्यक्त गरेको छ। युवा पुस्तामाझ सक्रिय रहेका शाहीको निर्विरोध चयनले वडा तहमा पार्टीभित्रको एकता, सहकार्य र सकारात्मक राजनीतिक संस्कृतिको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

नवनिर्वाचित सभापति शाहीले आफूलाई दिएको विश्वासप्रति सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै वडा नं. ६ मा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र नागरिकका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

रास्वपाले वडा तहदेखि नै सक्षम, उत्तरदायी र जनउत्तरदायी नेतृत्व निर्माण गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...