कैलालीमा सुतेका बेला सर्पले टोकेकी युवतीको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा सुतिरहेका बेला सर्पले टोकेकी युवतीको मृत्यु भएको छ ।

Nast Ad

शनिबार राति साढे २ बजेतिर चुरे गाउँपालिका–५ पटेली बस्ने गणेश रोकामगरको १७ वर्षीया छोरी आशाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको थाहा पाउने बित्तिकै रोकामगरलाई उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो तर उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार उनको बिहान साढे ८ बजेतिर मृत्यु भएको हो । उनको शव परीक्षण गरेर परिवारको जिम्मा लगाइनेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...