बझाङमा फरार रहेका दुई प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

cp new add
Nisharg hospital

बझाङ । बझाङ प्रहरीले फरक–फरक मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनका क्रममा सुर्मा गाउँपालिका–२ निवासी २९ वर्षीय विनोद बोहरालाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो। उनलाई सम्मानित उच्च अदालत दिपायलको २०७५ कात्तिक १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना २१ दिन कैद सजाय तोकेको थियो।

त्यसैगरी, सोही स्थानका ४० वर्षीय हरिस बोहरालाई पनि प्रहरीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको छ। जिल्ला अदालत बझाङको २०७३ असार २० गतेको फैसलाअनुसार उनलाई कुटपिट मुद्दामा ४ वर्ष कैद सजाय तथा २ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...