प्रयांक भिडियो बनाउँदै नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा चौरपाटी गाउँपालिकाका दुईजना पक्राउ

cp new add
Nisharg hospital

अछाम । सामाजिक सञ्जालका लागि ‘प्रयांक भिडियो’ बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गर्दै हैरानी दिएको आरोपमा अछाम प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–४ का २० वर्षीय डण्डी जोशी र १८ वर्षीय शंकर जोशी रहेका छन् ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विभिन्न ग्रामीण क्षेत्रमा प्रयांक भिडियो बनाउने बहानामा सर्वसाधारणलाई दुःख दिने, हैरानी गर्ने तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जनगुनासो र निवेदन परेका थिए ।

उक्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले साउन १४ गते साँझ करिब ७ बजे मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजारबाट दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले शंकरराज जोशी फेसबुकमार्फत प्रयांक भिडियो सार्वजनिक गर्ने गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...