
काठमाडौं । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभुषण यादवका अनुसार, ४५ वर्षीय आइतसिंह लामालाई चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित उनकै घरबाट आइतबार बिहान सवा ३ बजे पक्राउ गरिएको हो ।

लामाको साथबाट प्रहरीले भरूवा बन्दुकसमेत बरामद गरेको छ । उनी २४ भदौमा भरतपुर कारागारबाट भागेका थिए ।
एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

