सुदूूरपश्चिमका डीआईजी भट्टराई पहाड उक्लिए, प्रहरी कार्यालयको निरीक्षण गर्ने

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराई पहाडी जिल्लाको स्थलगत निरीक्षणमा निस्किएका छन् ।

Nast Ad

डीआईजी भट्टराई डडेल्धुरा, बझाङ लगायतका जिल्लाका प्रहरी कार्यालयको निरीक्षणका लागि आइतबार कैलालीबाट प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा पहाडी जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायतका बारेमा बुझ्न डीआईजीको सचिवालयले जनाएको छ । आइतबार डडेल्धुरामै बस्ने कार्यक्रम रहेको बताइएको छ ।

सुदूरपश्चिमको प्रमुख भएर आएपछि डीआईजी भट्टराईले प्रहरी कर्मचारीमाथि निगरानी बढाउदै आएका छन् । उनी कैलाली र कञ्चनपुरमा पूर्व सूचना बिना आफैँ छड्के अनुगमनमा समेत निस्किने गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...