थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय पक्राउ

cp new add
Nisharg hospital

थाइल्यान्डबाट नेपाल ल्याइएको ११ केजी गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

Nast Ad

पक्राउ पर्नेमा भारतको पञ्जाब राज्य, लुधियानाका ३० वर्षीय सोनी, पञ्जाबकै २३ वर्षीय जागरुप सिंह र हरियाणाको कैरुका २२ वर्षीय साहिल रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (गौचर)बाट खटिएको प्रहरी टोलीले लागुऔषध तस्करीको आशंकामा यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शनिबार राति Cathay Pacific Airways को उडान CX603 मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको झोलाबाट ११ केजी गाँजा बरामद गरिएको थियो। उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ११ केजी गाँजा, तीन थान राहदानी (पासपोर्ट) र तीन थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...