कैलालीमा फोर्स गाडी र बस आपसमा ठोक्किँदा ७ जना घाइते, गर्भवतीको अवस्था गम्भीर

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा फोर्स गाडी र बस आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । उनीहरु मध्ये गर्भवतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Nast Ad

मोहन्याल गाउँपालिका–७ कुञ्जेनेरीस्थित भित्री सडकखण्डमा धनगढीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०४९२ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३८६८ नम्बरको बस ठोक्किएको इलाका प्रहरी कार्यालय सुगरखालले जनाएको छ ।

दुर्घटनामा फोर्स गाडीमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये अछामको बिनायक नगरपालिका–८ निवासी २१ वर्षीया गर्भवती निर्मला संज्यालको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि बसमार्फत सुगरखालतर्फ पठाइएको छ । अन्य घाइतेमा लम्कीचुहा नगरपालिका—१ बस्ने ३६ की लक्ष्मी शाही, ५ बस्ने ५३ की कृष्णादेवी टमटा, ५५ वर्षकै बासुदेवी टमटा, कालीकोटको नरहरी गाउँपालिकाका प्रर्वे बिष्ट, आठबीस नगरपालिकाका बिना शाही र उनको एक वर्षीय छोरा लविश चन्द रहेका छन् ।

दुर्घटनामा दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ भने हाल दुवै सवारी घटनास्थलमै रहेका छन्। फोर्स गाडीका चालकसँग कागजात रहेको, बसका चालकसँग भने कागजात नरहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
Loading...