दार्चुलाका युवक भारतमा पक्राउ, फेसबुकमार्फत यौन दुर्व्यवहारका सामग्री फैलाएको आरोप

cp new add
Nisharg hospital

बैतडी । फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा नेपालका एक नागरिकलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

पिथौरागढ प्रहरीले साइबर अपराधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत नेपाल दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ का ३२ वर्षीय वीर भान राम लावडलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।

प्रहरीका अनुसार अमेरिकाबाट प्राप्त सूचनाका आधारमा सन् २०२६ जुलाई १५ मा बलुवाकोट प्रहरी चौकीमा भारतको सूचना प्रविधि ऐन, २००० को धारा ६७९बी० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

अनुसन्धानका क्रममा फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाइएको र प्रसारण गरिएको खुलेको प्रहरीले जनाएको छ। प्राविधिक विश्लेषणबाट उक्त सामग्री प्रसारण गर्न प्रयोग भएको मोबाइल सिम बलुवाकोटकी एक महिलाको नाममा दर्ता भए पनि प्रयोग भने उनका भाइ वीर भान राम लावडले गरिरहेको पाइएको थियो।

त्यसपछि आवश्यक प्रमाण संकलन गरी पिथौरागढ प्रहरीको टोलीले गत साउन १९ ९४ अगस्ट० मा उनलाई पक्राउ गरेको हो। पक्राउपछि अदालतमा पेश गरिएका लावडलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...