
धनगढी । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए ।
उनकाअनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ । इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले उनलाई पक्राउ गरेको हो ।
चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

