
धनगढी । कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ ।

भारतको लुधियानाबाट चोरि गरि ल्याइएका ३८ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको थियो ।
गत असारमा बरामद गरिएका ती गरगहना बिहीबार गहना धनी लुधियानाको राजगुरु नगरका ३४ वर्षीय शाहील धावनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनकाअनुसार बरामद गरिएका सुन र हिराका गरगहना सम्बन्धीत धनीलाई बुझाइएको हो ।

