स्कुटर यात्रामा बेहोस भएका एक युवकको मृत्यु

cp new add
Nisharg hospital

नेपालगञ्जबाट स्कुटरमा सवार भएर सुर्खेततर्फ आइरहेका एक युवक यात्राकै क्रममा बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ का २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार वीरेन्द्रनगर–९ कै २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी हर्रे क्षेत्रमा पुग्दा अचानक बेहोस भएका थिए। चालक घिसिङले तत्काल प्रहरीलाई जानकारी दिएपछि उनको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...