कांग्रेस सांसद डा‍‍. चन्द्रमोहन यादव सदनमा ‘मौन’ उभिए

cp new add
Nisharg hospital

काठमाडौँ । धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्कै स्थानमा सार्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसद डा‍‍. चन्द्रमोहन यादवले सदनमा अनौठो शैलीमा विरोध गर्ने घोषणा गरेका छन्।

Nast Ad

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर अन्यत्रै सार्न लागेको आरोप लगाए । सरकारको यो कदमको विरोधमा आफू आज दिनभर सदनमा उठेर मौन बस्ने उनले बताए । ‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ,’ डा‍‍. यादवले आक्रोश व्यक्त गर्दै भने, ‘यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु।’

सांसद यादवले यसअघिका सरकारले यो आयोजनाका लागि बजेट विनियोजन गरिसकेको तथ्य समेत सदनमा प्रस्तुत गरे। उनका अनुसार यसअघिको सरकारले सुरुमा २० करोड रुपैयाँ र त्यसपछिको सरकारले पुनः २ करोड रुपैयाँ यसै ट्रमा सेन्टरका लागि छुट्टाइसकेको छ। बजेट विनियोजन भई प्रक्रिया अगाडि बढिसकेको आयोजनालाई वर्तमान मन्त्रीले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण सार्न खोजेको उनको दाबी छ।

जनताको स्वास्थ्यसँग जोडिएको र बजेट समेत सुनिश्चित भइसकेको आयोजनालाई अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता नभए विरोध जारी रहने सङ्केत उनले दिएका छन् । उनले सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसन गर्न भन्दा मानिरहेका छैनन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...