३५ वर्षे भाष्य अन्त्य गर्ने गरी काम गर्न सरकारलाई खुश्बु ओलीको चुनौती

cp new add
Nisharg hospital

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले राष्ट्रियताको संवेदनशील विषयमा प्रधानमन्त्रीको यस्तो भनाइ त्रुटिपूर्ण रहेको बताइन् ।

Nast Ad

१६ राजदूत पदका लागि २७०० विज्ञहरूले आवेदन दिएको सन्दर्भमा नियुक्तिको प्रक्रिया र मूल्याङ्कन आधार पारदर्शी बनाउन उनले माग गरिन्। साथै, सरकारले बारम्बार ३५ वर्षमा के भयो भनी सोध्ने गरेकोप्रति टिप्पणी गर्दै ओलीले भनिन्, ‘३५ वर्ष उहाँहरूले के गर्नुभयो भनेर अब नसोध्नुस्, ३५ वर्षमा उहाँहरूले नगरेको काम अब तपाईंहरूले गरेर देखाउनुस्।’

उनले सत्तापक्षका सांसदहरूलाई प्रधानमन्त्रीसँग संवाद गरी राष्ट्रियताको विषयमा भएको त्रुटि सच्याउन पहल गर्न आग्रह गर्दै आफ्नो विरोधको अन्त्य त्यहीँबाट हुने बताइन् ।

वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न चिकित्सक डिल्ली हरिजनको क्रिटिकल अवस्था र माइतीघरमा आन्दोलनरत चिकित्सकहरूको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै ओलीले समान कामको समान तलब र श्रम ऐन अनुसार कार्यघन्टा लागू गर्न माग गरिन् । साथै, मिटरब्याज पीडित र प्रहरीबाट ठगिएकाहरूको समस्या सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरिन् ।

बजारमा देखिएको ग्यास अभाव समाधानका लागि विद्युतीय चुलोमा भन्सार हटाउन र बिजुलीमा भ्याट छुट दिन उनले सुझाव दिइन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...