सभामुखलाई नेकपा सांसदको प्रश्न– प्रधानमन्त्रीलाई नियमावली कार्यान्वयन गराउन किन सक्नुभएन ?

cp new add
Nisharg hospital

काठमाडौं । नेकपाका सांसद महेन्द्रबहादुर शाहीले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखले नियमावली कार्यान्वयन गर्न असफल भएको आरोप लगाए।

Nast Ad

उनले भने, ‘सभामुखले सांसदलाई पटक–पटक नियमावलीको अक्षरशः पालना गर्नुहोस् भनेर रुलिङ गरिराख्नुभएको छ। यही नियमावलीमा भएको व्यवस्था प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ कि पर्दैनरु उहाँलाई कार्यान्वयन गराउन नसक्ने र सांसदलाई कार्यान्वयन गर, कार्यान्वयन गर भनिरहनु पनि सभामुखप्रति गम्भीर प्रश्न हो।’

सभामुखले सदनको समस्या समाधान गर्न नियमावली, ऐन–कानून कार्यान्वयन गर्न सक्नुपर्ने बताए। उनले सरकार गठन भएको चार महिनामै जनआक्रोश बढेको बताए।

उनले भने, ‘जनताका विश्वास निराशामा परिणत भएका छन्। र सरकारप्रति निराशा बढेको छ, असन्तुष्टि बढेको छ, जनआक्रोश दिनप्रतिदिन बढ्दै गइराखेको छ। ठूलो जनमत प्राप्त भएको सरकार सफल रहोस् भन्ने हाम्रो सुरुवातदेखिकै मान्यता हो, अहिले पनि हाम्रो छ। सरकारलाई असफल होइन, सरकारलाई सफल बनाउने बाटोमा हामी अगाडि बढेका छौँ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...