
धनगढी । कञ्चनपुरमा लागूऔषधसहित धनगढीका चार जना पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका–१० को चकमेली बजार नजिक हुलाकी सडकखण्डबाट प्रहरीले लागूऔषधसहित धनगढीका चार जनालाई पक्राउ गरिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंकाका आधारमा चेकजाँच गर्दा एक ग्राम ४१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ तथा विभिन्न खालका ३० ट्याब्लेट बरामद गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ चौराहका ३० वर्षीय मनिष भट्ट, वडा नम्बर ३ बडराका ३० वर्षीय हरि भन्ने हरिष खड्का र ३० वर्षीय बिरेन्द्र चौधरी रहेका छन्।
यसैगरी, सोही स्थानमा चेकजाँचका क्रममा धनगढी उपमहानगरपालिका–२ चौराहका २७ वर्षीय नरेन्द्रबहादुर विष्ट पनि ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

