४८ दिनपछि गाडेको अवस्थामा भेटियो युवतीको शव, श्रीमानसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

७ साउन, सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक युवतीको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर बस्ने बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा  फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यसरी खुल्यो घटनाको रहस्य

निशाका घरका सदस्यहरुमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए ।

शुक्रबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको हो ।

निशाको गएको जेठ २२ गतेका दिन नै हत्या भएको प्रहरी को भनाइ छ । महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...