‘गौंथली’ को कमाइ २० करोड नाघ्यो, बन्यो तेस्रो धेरै कमाउने नेपाली फिल्म

cp new add
Nisharg hospital

काठमाडौं । २० करोड रुपैयाँ ग्रस कमाउँदै फिल्म ‘गौंथली’ सर्वकालिन धेरै कमाउने तेस्रो नेपाली फिल्म बनेको छ । घरेलु बक्सअफिसमा आज दिउँसो ४ बजेसम्म फिल्मले उक्त व्यवसायिक उपलब्धि हासिल गरेको हो ।

Nast Ad

यो समाचार लेख्दासम्म कपिल रिजाल निर्देशित फिल्मको कमाइ २० करोड १० लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ७ लाख २९ हजार जना दर्शकले हेरेका छन् ।

सोमबार नै यो फिल्मले समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को कमाइ ( १९ करोड ९२ लाख रुपैयाँ ग्रस ) लाई उछिनेको छ ।

‘गौैथली’ भन्दा धेरै कमाउने नेपाली फिल्ममा अब ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...