धनगढीको डिभोटी होटलमा ढुसी परेको काउली भेटिएपछि…

cp new add
Nisharg hospital

धनगढी । धनगढीका डिभोटी होटलमा ढुसी काउली फेला परेको छ ।

Nast Ad

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा होटलमा ढुसी परेको काउली भेटिएको हो ।

होटलले फ्रिजमा भण्डारण गरेर राखेको अन्दाजी ३,४ किलो काउलीमा ढुसी परेको पाइएपछि बरामद गरेर नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले होटलको फ्रिजमा ढुसी परेको अवस्थामा भेटिएको काउली नष्ट गरिएको बताएका छन्।

उनकाअनुसार पहिलो पटकलाई कैफियत देखिएका कारण सम्झाईबुझाई गरेर छाडिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खत्री नेतृत्वको टोली होटलमा ग्यास भण्डारणको अवस्थाबारे अनुगमन गर्न त्यहाँ पुगेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...