सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

Nast Ad

३१ असारमा एमालेले समर्थन फिर्ता लिएसँगै स्पष्ट अल्पमतमा परेका शाहले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइदिन सचिवालयलाई पत्र लेखेका थिए ।

सोही आधारमा सभामुख भीमबहादुर भण्डारीले बिहीबार साँझ ५ बजे प्रदेश सभाको बैठक बोलाएका छन । सचिवालयका सूचना अधिकारी युवराज जैशीकाअनुसार मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइएको छ ।

स्रोतकाअनुसार शाहले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नभएकाले सम्बोधन गरेर राजीनामा घोषणा गर्नेछन् । त्यसपछि प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुुझाउने तयारी छ ।

शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेपाली कमुनिष्ट पार्टी र एमालेले प्रदेश सरकार बनाउनेछन् । सुदूरपश्चिममा नेकपाका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी रहेको छ ।

Navjeen New Ad
Loading...