निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा, परिवार र निम्त्याइएका पाहुनामात्र सहभागी हुने

cp new add
Nisharg hospital

काठमाण्डौैँ । पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले परिवार, साथीभाइ र निम्त्याइएका अतिथिमात्र अन्त्येष्टिमा सहभागी हुने जनाएको छ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको अन्त्येष्टि बेलायतमा निजी समारोहबीच परिवार र निम्त्याइएका पाहुनामात्र सहभागी हुने भएको छ।

Nast Ad

पुर्जाको शव पाकिस्तानबाट कानुनी प्रक्रिया पूरा गरी बेलायत लगिएको हो, जहाँ उनकी पत्नी र छोरी बसोबास गर्दै आएका छन्। ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका पुर्जाको अन्त्येष्टिको मिति औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
काठमाडौँ — ब्रड पिक हिमपहिरोमा गत साउन १४ गते ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको अन्त्येष्टि बेलायतमा निजी समारोहबीच हुने भएको छ ।

पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले परिवार, साथीभाइ र निम्त्याइएका अतिथिमात्र अन्त्येष्टिमा सहभागी हुने जनाएको छ। एलिट एक्सपिडिसनले बेलायतबाट नेपाली समयअनुसार बिहीबार राति जारी गरेको सूचनामा अन्त्येष्टि निजी र निमन्त्रणामा सीमित हुने स्पष्ट पारेको हो ।

कम्पनीले जारी गरेको सूचनामा अन्त्येष्टिको मिति भने खुलाइएको छैन। तर कान्तिपुरले एलिटका नेपालस्थित कर्मचारी तथा पुर्जाका निकटस्थसँग गरेको कुराकानीमा भदौ १० मा अन्त्येष्टि गरीने जानकारी पाएको बताए । यद्यपि, परिवारले भने औपचारिक रूपमा मिति सार्वजनिक गरिसकेको छैन। बेलायतमा पुर्जाकी पत्नी छोरी लगायत आफन्तजन बसोबास गर्दै आइरहेका छन् ।

कम्पनीले निम्सदाईको परिवारको तर्फबाट अन्त्येष्टि र त्यससँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन आफूहरूले गरिरहेको जनाएको छ। अन्त्येष्टिसँग सम्बन्धित कुनै पनि स्वतन्त्र कार्यक्रम, घोषणा वा पहल नगर्न तथा त्यस्ता कार्यक्रमबारे सूचना सार्वजनिक नगर्न पनि एलिटले आग्रह गरेको छ।

गत साउन १४ गते पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ८ हजार ५१ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा बिहान करिब ९ बजे हिमपहिरो गएको थियो। हिमपहिरोमा निम्सदाईसहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली परेको थियो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...