कैलालीमा किशोरीमाथि बलात्कार गर्ने ८४ वर्षका बृद्ध पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा गौरीगंगा नगरपालिका–९ का ८४ वर्षीय वीरबहादुर जाग्रीलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Nast Ad

जाग्रीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...