टिभी जर्नालिस्टले भनिन्: पत्रकार किशोर श्रेष्ठको नाम सुन्ने बित्तिकै साथी श्रीषाको याद आउँछ

cp new add
Nisharg hospital

काठमाडौँ । सुष्मा श्रेष्ठ केसीले सामाजिक सञ्जालमा पोखेको एक भावुक स्टाटस हाल चर्चाको विषय बनेको छ। सञ्चारकर्मी समेत रहेकी सुष्माले स्वर्गीय नायिका श्रीषा कार्कीसँगको आत्मीय सम्बन्ध र त्यसबेला पत्रकारिता क्षेत्रबाट भोगेको पिडालाई स्मरण गर्दै पत्रकारिताको मर्यादामाथि गम्भीर प्रश्न उठाइन्।

Nast Ad

​स्टाटसका अनुसार, नायिका श्रीषा कार्की र सुष्मा छोटो चिनजानमै घनिष्ठ साथी बनेका थिए। नागपोखरीस्थित ‘यंग एसिया टेलिभिजनुको अफिसबाट फर्किने क्रममा सुष्मा अक्सर पुतलीसडकस्थित श्रीषाको ‘श्री ब्युटी पार्लरु पुग्ने गर्थिन्। दशैंको समयमा श्रीषाले आत्महत्या गरेको त्यो पीडादायी घटना सम्झँदा आज पनि आफ्नो मन भारी हुने सुष्माले उल्लेख गरेकी छन्। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको प्रसंग कोट्याउँदै सुष्माले लेखेकी छन्, ‘पत्रकार किशोर श्रेष्ठको नाम सुन्नेबित्तिकै मलाई साथी श्रीषाकै याद आउँछ।’ श्रीषाको निधनको समयमा केही सञ्चार माध्यम र विशेषगरी जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको प्रस्तुति तथा समाचारले पीडित पक्षलाई झन् मर्माहत बनाएको संकेत उनको भनाइमा पाइन्छ।

​प्रेस स्वतन्त्रताको पक्षमा सबै बोल्ने गरे पनि पत्रकारिताको आफ्नै आचारसंहिता र मर्यादा हुनेतर्फ उनले सचेत गराएकी छन्। कसैको व्यक्तिगत जीवन र संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरू थप जिम्मेवार बन्नुपर्ने उनको जोड छ। पत्रकार किशोर श्रेष्ठको पक्राउको सन्दर्भसँगै सुष्माले न्यूज ट्वान्टीफोर टेलिभिजनमा प्रस्तोता सुष्मा श्रेष्ठ केसीले लेखेको यो स्टाटसले आम सञ्चार क्षेत्रमा पुनः एकपटक मिडिया इथिक्स (पत्रकारिताको आचारसंहिता) को बहसलाई तीव्र बनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...