अछाममा लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

cp new add
Nisharg hospital

अछाम । लागूऔषध खैरो हेरोइन मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत अछामको फैसलाले ९ दिन कैद सजाय तोकिएका बान्नीगढी जयगढ गाउँपालिका–२ जनालिकोटका नवीनराज उपाध्यायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी चौकी जयगढ, अछामबाट खटिएको टोलीले उपाध्यायलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उपाध्यायलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...