नुवाकोट–काठमाडौं सिमानामा दुर्घटना, रोकिएको बस चिप्लिँदा माइक्रोसहित खोलामा खस्यो

cp new add
Nisharg hospital

काठमाडौँ । नुवाकोट–काठमडौँको सिमावर्ती क्षेत्र गुरुङ गाउँमा शनिबार बिहान गम्भीर दुर्घटना भएको छ । काठमाडौँको टोखा, झोरभन्दा अगाडि रोकिएको बस चिप्लिँदा अगाडि रोकिएको माइक्रो बससहित खोलामा खसेको छ ।

Nast Ad

जिल्ला प्रहरी नुवाकोटका इन्स्पेक्टर बिरु भण्डारीका अनुसार घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

रोकिएको बस ह्वील लक नलगाएका कारण चिप्लिएको हो । बस चिप्लिँदा अगाडि राखिएको माइक्रोलाई धक्का दिएको थियो । माइक्रो पनि खोलामा खसेको छ । त्यहाँ प्रहरी, सेना र सशस्त्रको संयुक्त टोली उद्धारमा परिचालित भइसकेको भण्डारीले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...